आहार अनुसार स्वास्थ्य अवस्था

रजस्तमस्सत्वगुणी खान-पानादि तीन छन् मात्रै सत्वगुणी खाने संयमी हुन सक्तछन् । हिमीले भोजन गर्ने आहार तीन प्रकारका छन्। ती हुन् : राजसी ,तामसिक र सात्विक यिनको नामबाटै हामी अनुमान लगाउन सक्छौँ कि कुन आहार कस्तो ?भन्ने कुरा ।

राजसी भोजन अन्तर्गत माछामासुलगायत अत्यधिक चिल्लो, पिरो ,अमिलो अनि बिभिन्न किसिमका मसलायुक्त स्वादिला खानेकुरा जुन घरानियाँ बर्गका भान्सामा पाक्ने गर्दछन् ।यस्ता खानेकुरा खाने मानिसहरू स्वभावैले चिट्चिटे, रिसालु ,आक्रोशित,आफूलाई संयममा राख्न नसक्ने खालका हुन्छन् भने तामसिक शब्दैले स्पष्ट पारेको छ कि यस्ता भोजनले मानिसको मानसिकतामा उथलपुथल ल्याई दिन्छ ।जसका कारण मान्छेले के गर्ने ?के नगर्ने ? जस्ता कुराको निर्क्योल गर्न सक्दैन र जहाँ जे पनि गर्छ । जसअन्तर्गत मदिराजन्य लागूपदार्थ पर्दछन् तर सात्विक भोजन अन्तर्गत सामान्य र हलुका किसिमका खानेकुरा पर्दछन् जसमा चिल्लो,पिरो, अमिलो,अत्यधिक मसला जस्ता कुराहरू कम मात्रामा हुन्छन् र यस्तो आहार नियमित खाने व्यक्तिहरूको स्वास्थ्य स्थिति मात्र होइन मानसिक रूपमा पनि यस्ता व्यक्तिहरू संयमित हुने गर्दछन्।

~ देवी जोशी (माध्यमिक तह; इन्चार्ज )


2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *