Login
Dashboard
कवि किन दिन्छौ कलम मलाई
जगत झुलाऊ कविता बनाई ।
छरिएर आए रसगण सारा
गजल कविता भए कति प्यारा ।
कलम समाती कविवर सोचे
कुशल कविता र गजल रचे ।
कविवर ज्ञानी रस र गणका
कविवर प्रिय सबका मनका ।
साहित्य सुधामा जगत झुलायो
सरस कहानी कविता बनायो ।
कवि तिम्रो सीप म पनि सिकेर
व्यक्त गरुँ भाव कविता लेखेर ।
कवि तिमी जस्तै म पनि बनुँला
सुधारको बाटो म पनि खनुँला ।
कलम कविको छन्द सिकाउने
कलम नै हो कि कवि बनाउने । ( छन्द: शशिवदना )