Login
Dashboard
~ सुरज कुमार पन्त
(कक्षा १०)
डा• राजु अधिकारीको संस्कारी बन्ने कायदा पुस्तकबाट प्रेरित रचना
जन्मेको तिथि खुशी र हर्ष जन्मको उल्लास
आफन्तजन सबैका सङ्ग आनन्दी आभास ।
काटिन्छ केक फुकेर बत्ती रमाइलो गरिन्छ
गीतको धुन सङ्गीत नृत्य कोसेली पाइन्छ ।।
पाश्चात्य रिति संस्कृती आयो उत्सव मनाउने
आशिषपूर्ण सङ्गीत छाडी अङ्ग्रेजी गाउने ।
हिन्दू हौँ हामी बालेर बत्ती उत्सव गर्नु थ्यो
प्रकाश छरी चौतर्फी आफ्नो अँध्यारो हर्नु थ्यो ।।
जगत हाम्रो पूर्विय भयो पद्धती पश्चिमी
उत्सवसङ्गै अँध्यारो गर्नु कस्तो यो कुरिती ।
तिहार पर्व दशैँमा अनि पूजा र साधना
बाल्द्छौँ दियो उज्यालो छर्दै इश्वर बन्दना ।।
स्वास्थ्यको ख्याल नगर्दै हामी त्यो केक निल्दछौँ
रसायनयुक्त शीकरलाई आफुमा फाल्दछौँ ।
त्यो फल्नुभन्दा फूलको वर्षा आफुमा गरेर
उत्सव गर्न सक्दछौँ हामी सौरभ छरेर ।।
जहान अनि पाहुनाबाट आशिष लिएर
अतिथिलाई आभारवाला मन्तव्य दिएर ।
संस्कृती हाम्रो हिन्दू हो बुझी जन्मदिन् मनाऔँ
यसरी आफ्नो उत्सवलाई संस्कार बनाऔँ ।।