Login
Dashboard
~“सुरज पन्त”
सुर्यले सारा धर्तीमा, प्रकाश ताप छाउँछ
सारा धर्ती सजाएर, कस्तो आनन्द आउँछ ।
सुवास फुलले छर्दै, शान्ती-सन्तोष छाउँछ
सधै बाँडेर सौरभ, कस्तो आनन्द आउँछ ।।
आमाको देनले आत्मा, नयाँ जीवन पाउँछ
नौलो काव्य रचे मात्रै, कस्तो आनन्द आउँछ । बाबाको जिन्दगीबाट, पुत्रले सिक पाउँछ
कसैको प्रेरणा बन्दा, कस्तो आनन्द आउँछ ।।
उपकारी धर्तिले गर्दा, मनुष्य सुख्ख पाउँछ
सहनशील बनेरै त, कस्तो आनन्द आउँछ ।
मैलोमा फुलेको पद्म ,मुर्तीमा चढ्न पाउँछ
गुणले नै दिए मान, कस्तो आनन्द आउँछ ।।
कर्म गर्दै सिपाहीले, सहिद बन्न पाउँछ
वीरको मानले होला, कस्तो आनन्द आउँछ ।
झुकेर वृक्षले आफैँ, मिठा फल्फुल् फलाउँछ
निहुरेर गुणी बन्दा, कस्तो आनन्द आउँछ ।।
स्वर्णले नि तपे मात्रै, गहना बन्न पाउँछ
श्रमले मूल्य बढाउँदा, कस्तो आनन्द आउँछ ।
संस्कार छन्दझैँ हुन्छ, सभ्य बन्न सिकाउँछ
छन्दोबद्द भए काव्य, कस्तो आनन्द आउँछ ।।