लेख्छु भन्थ्यौ गजल, मेरो नाम भेटेपछी 

पर्खी बसे आउला पत्र, खाम भेटेपछी 

 

ताराहरुबिच पाउँदा, जून प्यारो भन्थ्यौ 

जूनको चाह देखाएनौ, घाम भेटेपछी 

 

बेकामको समयमा, खुबै सम्झी बस्यौ 

भुलिदियौ मलाई एउटा, काम भेटेपछी 

 

प्रेमलाई सम्पत्तीमा , तौलियौ कि कसो 

वास्ता किन गर्दैनौ त, दाम भेटेपछी 

#Hemu

Leave a Reply

Your email address will not be published. Required fields are marked *