गजल – Hemu Pandey

गाँउबेसीमा  वनैभरी काफल गेडी पाक्दै होला

आल्चाआरु ऐसेलुले मलाई सम्झी डाँक्दै होला 

 

चरीसँगै सुसेलीमा गुञ्जिरन्थ्यो,गाँइनेभाका

मेरैभाका गुनगुनाउदै चरी एक्लैथाक्दै होला

 

शिशिर लाई बिदाई गर्दै बसन्त सिजन शुरु हुँदा  

वारीपारी, मकैबारी सुत्ला हाल्न लाग्दै होला

 

गोधुलीमा काफल खाँदै लौरे बनमा डुलिन्थो 

आजभोलि बनमारा र पत्केरुले ढाक्दै होला

 

शिकार गर्न, जङ्गलतिर यै मौसममा गइन्थ्यो

 मेरै त्राशले  मृगशावक जरङ्गेमा भाग्दै होला

#Hemu_Pandey

Leave a Reply

Your email address will not be published. Required fields are marked *