ग्लोबल एकेडेमी डिजिटल संसारमा प्रवेश

ग्लोबल एकेडेमी डिजिटल संसारमा प्रवेश

निशा जोशी।
२०८० /११  /२५, कंचनपुर

     कञ्चनपुरको भीमदत्त १८ मा रहेको ग्लोबल एकेडेमीले डिजिटल संसारमा प्रवेश गरेको छ। मिति २०८०  फागुन २४ गतेका दिन सम्पन्न भएको  कार्यक्रममा विद्यार्थीहरूलाई ग्लोबल एकेडेमीको वेबसाइटको  बारेमा  जानकारी प्रदान गर्नुका साथै यसबाट विद्यार्थीहरुलाई हुने फाइदाका बारेमा बताएर  भव्यतापूर्वक कार्यक्रम सम्पन्न भएको छ।
 
यस एक्काइसौँ शताब्दीमा प्रविधिको क्षेत्र निकै विकसित भइसकेको शिक्षा क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर विद्यार्थीको  सिकाई सहज बनाउने उद्देश्यले ग्लोबल एकेडेमीका पूर्व विद्यार्थी पवन जोशीले globalacademy.edu.np वेबसाइटको निर्माण गरेको कुरा उक्त कार्यक्रममा बताउनुभयो। उक्त कार्यक्रममा कक्षा देखि १० सम्मका करिब ६०० विद्यार्थीको सहभागिता रहेको थियो भने कार्यक्रमलाई  माध्यमिक तहका कम्प्युटर शिक्षक इन्द्र काफ्लेले सहजीकरण गर्नुभएको थियो। उक्त वेबसाइटका माध्यमले नयाँ विद्यार्थीहरू घरमै बसेर भर्ना गर्न सक्ने ,शिक्षकहरूलाई वेबसाइटका माध्यमबाट नै चिन्न सक्ने विद्यालयका बारेमा विविध जानकारी समेत प्राप्त गर्न सक्ने कुरा कार्यक्रम सञ्चालक जोशीले बताउनुभयो। वेबसाइटका माध्यमले आफूले लेखेका लेख तथा रचनासमेत प्रकाशन गर्न सकिने कुरा पनि उहाँले बताउनुभयो। Global shop नामक वेबसाइटबाट आफूलाई आवश्यक पर्ने सामग्रीहरू जस्तै कापी कलम ज्यामिति बक्सका साथै फेसबुक डायरी ग्लोबल म्यागजिन नामक पुस्तकहरु पनि किन्न सकिने छ। वेबसाइटको निर्माणले विद्यार्थीहरूमा खुसी उत्सुकता देखिएको कुरा ग्लोबल एकेडेमीका प्रिन्सिपल सुरेन्द्रराज ओझाले बताउनुभयो। यसको निर्माणले विद्यार्थीलाई मात्रै नभएर अभिभावकलाई समेत निकै फाइदा पुगेको छ। अभिभावकले विद्यालयमा हुने विविध कार्यक्रमको बारेमा विद्यालयको सम्पूर्ण गतिविधिको बारेमा घरमै बसेर सूचना पाउने कुरा समेत प्रिन्सिपल ओझाले बताउनुभयो।
डिजिटल संसारमा विद्यार्थीहरूलाई पनि संलग्न गराएर प्रविधिको झन् विकास गर्ने उद्देश्यले लिखित प्रयोगात्मक परीक्षा गरेर Global Tech Team को चयन गरिएको छ। वार्षिक परीक्षापछिको समयलाई सदुपयोग गरेर Global Tech Team का सम्पूर्ण सदस्यहरूलाई १० दिने तालिम दिइने विद्यार्थीहरूलाई प्रविधिको क्षेत्रमा अब्बल बनाउने कुरा समेत Global Tech Team का प्रमुख पवन जोशीले बताउनुभयो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *