पठन संस्कृतिको महत्त्व र विकास

-सुरेन्द्र राज ओझा

प्रत्येक सफल हुन चाहने व्यक्तिको आफ्नो लक्ष्य हुन्छ । ऊ लक्ष्य प्राप्तीका लागि जीवनको दौडमा दौडिरहेकोे हुन्छ । आज हरेक क्षेत्रमा तीव्र प्रतिस्पर्धा छ । मानिसहरु एक अर्का भन्दा अगाडी बढ्ने होडमा छन् । तसर्थ लक्ष्य प्राप्तिका लागि हामी भित्र साधारण हैन असाधारण प्रतिभा हुनु नितान्त जरुरी छ । पढ्ने बानीले मानिसको प्रतिभालाई साधारणबाट असाधारण बनाई दिन्छ । यसले मानिसको चेतनाको स्तर बढ्नुका साथै सोच्ने दायरा समेत फराकिलो बनाउन सघाउ पुर्याउ“छ । व्यक्तित्वमा एक प्रकारको ओज र तेज थपी दिन्छ ।

जीवनमा केही हुन , गर्न र पाउन बुद्धिमताको जरुरत पर्छ । पुस्तकहरु बुद्धिमताका स्रोत हन् । पढ्नु मस्तिष्कका लागि त्यस्तो हो जस्तो शरीरका लागि कसरत । नपढ्दा संसार अ“ध्यारो लाग्छ , पढ्दा उज्यालो । पढ्नु जीवन बुुझ्न र अर्थका साथ ब“ाच्नका लागि चाहिने एउटा खुराक हो । भनाई पनि छ , एउटा राम्रो पुस्तक पढ्नु भनेको एउटा असल मान्छेसंग संगत गरेर उसका जीवन भरिका अनुभव थाहा पाउनु बराबर हो । पशुु र मान्छेका बीचका धेरै भिन्नताहरुमध्ये एउटा प्रस्ट देखिने भिन्नता भनेको नै मानिसहरु पढ्न सक्छन् ।

“सय वटा पुस्तक पढ, अनि बल्ल एक वाक्य लेख” यो भनाईले मलाई लेख्न बस्नु अगाडि निकै घच्घच्याइरहन्छ । हामी जति धेरै पढ्छौं, हामीलाई उति उति लेखौं लेखौं लाग्छ । अनि हाम्रा मनका असिमित भावका बेगहरु शब्द भएर कागजका पानाहरुमा बग्न थाल्छन् ।

पुुस्तकमा सूूचना, ज्ञान, सीप, प्रविधि र विचारहरु हुन्छन् । यीनै चिजले नै मानिसलाई सफलतातर्फ उन्मुुख गराउ““छ । यी कुराले हामीलाई योग्य मात्रै बनाउ“दैन, हाम्रो व्यक्तित्वलाई पूर्णता पनि प्रदान गर्दछ । पूर्ण व्यक्तित्वका लागि सफलता हासिल गर्नु कुनै ठूलो कुरा होइन । यस संसारमा अहिले सम्म जे जति घटनाहरु घटेका छन् र मानव जातिले अहिले सम्म जे जस्ता उपलब्धी हा“सिल गरेको छ ती सबै पुस्तकका पानाहरुमा समाहित भएका छन् । हामा्र प्रत्येक जिज्ञासा र समस्याका समाधान किताबका पानाहरुमा हाम्रो पर्खाईमा छन् ।

पुस्तकमा शब्द हुन्छन् । शब्दहरुमा अजेय शक्ति हुन्छ । यसमा एक व्यक्ति, एक समाज , एक राष्ट्र र यहाँ सम्म कि पूरा विश्व बदल्न र हाँक्न सक्ने शक्ति हुन्छ । किताबका यिनै शब्दहरुले हामीलाई जीवनमा प्रेरणा, उत्साह र विचार दिन्छन् । पुस्तकबाट प्राप्त प्रेरणा र विचारहरुलाई उत्साह र लगनका साथ सदुपयोग गरी हामीे आपूmलाई अरुभन्दा राम्रो , सम्पन्न र सक्षम सावित गर्न सक्छौं ।

पुस्तक मानव सभ्यताको त्यो धरोहर हो जसको सहयोगले सदियौंदेखि हामी प्रगति पथमा अगाडि बढ्दै आइरहेका छौं । प्रगति पथमा अगाडि बढ्ने क्रममा अनेक वाधा र अड्चन हामी सामू चनौतीको पहाडका रुपमा खडा हुन्छन् । यी चनौती र प्रतिकूल परिस्थितिसँग सामना गर्नका लागि चाहिने अदम्य साहस,ऊर्जा र उपायका श्रोत पनि पुस्तक नै हुन् ।

पढ्ने संंस्कृतिले मानिसहरुलाई सिर्जनशील बनाउन सहयोग गर्छ । सिर्जनशील मानिसले नै समाज र राष्ट्रको विकासमा टेवा पुर्याउन सक्छन् । पुस्तक पढ्ने संस्कार र सृजनशीलताले समाज र राष्ट्रको भविष्य दिशानिर्देश गर्दछ । अध्ययन गर्नाले मानिस सुशील , ज्ञानी, बुद्धिमान, प्रज्ञावान , विचारवान, सीपवान, तर्कशील र सभ्य बन्न सक्छ । हामी जति मात्रामा अध्ययन गर्छौं, त्यति नै मात्रामा हाम्रो सोचाई , दृष्टिकोण र जीवनशैलीमा सकारात्मक परिवर्तन आउँछ । अध्ययनले मानिसको भित्री आँखा खोल्छ । उसलाई जीवन जिउने प्रेरणा दिन्छ र उसमा आशावादको विजारोपण गरिदिन्छ ।

अध्ययन गर्ने बानी हो र नगर्ने पनि बानी हो । हामी आफूमा जस्तो आदत बसाउन चाहन्छौं , त्यस्तै आदतको निर्माण हन्छ । भनिन्छ , मानिसले आफ्नो कनै खराब आदतलाई केवल २१ दिनको.अभ्यासबाट हटाउन सक्छ । त्यस्तै गरी आपूmमा राम्रो बानीको विकास गराउन पनि त्यही २१ दिनको अभ्यास पर्याप्त हुन्छ ।

पढ्नका लागि कस्ता पुस्तकहरु छनोट गर्ने भन्ने विषय ब्यक्तिको आफ्नो रुचीमा भर पर्छ र रुची मानिसको व्यक्तित्वको आधारमा निर्धारण हुने गर्छ । अनि यो व्यक्तित्वको निर्माण उसको समाजसँगको सहकार्यमा आधारित हुन्छ । शिर्षक सुन्नासाथ त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिज्ञासलाई मेट्न सक्नु राम्रो पुस्तकको विशेषता हो । कस्ता पुस्तक पढ्ने भन्ने सन्दर्भमा थियोडर र पार्करको भनाई मार्मिक र उल्लेखनीय रहेको छ । उनले भनेका छन् —“सबैभन्दा लाभदायक पुस्तक ती हन् जसले हामीलाई सबैभन्दा बढी सोच्न मजबूर गरुन ।” विभिन्न अखबार र पत्रिकामा छापिएका पुस्तक समिक्षाहरु पढेर पुस्तकका बारेमा जान्न सकिन्छ र रुचि लागेका पुस्तक पुस्तकालयमा गएर वा किनेर पढ्न सकिन्छ । त्यस्तै बढी बिक्री भईरहेका र चर्चामा रहेका पुस्तककाबारेमा पत्रपत्रिकामा जानकारी दिइएको हुन्छ , यसले पनि हामीलाई पुस्तक छनोट गर्न सजिलो हुन्छ ।

जे पायो त्यही नखाए झैं जे पायो त्यही पढ्नु हु“दैन् । सकारात्मक परिवर्तनका लागि सकारात्मक दृष्टिकोण प्रदान गर्ने पुुस्तक पढ्नु पर्छ । बजारमा बग्रेल्ती सकारात्मक दिशानिर्देश गर्ने पुस्तकहरु पाईन्छन् । जस अन्र्तगत जीवनी, आत्मकथा,कविता, नाटक,कथा,उपन्यास, दर्शन, धर्म , ईतिहास, राजनीति ,यात्रा संस्मरणका पुस्तक पर्दछन् । आजभोली बजारमा अश्लील पुस्तक पनि बिक्रीका लागि राखिएका हुन्छन् । यस्ता पुस्तक पढ्नु हु“दैन् । यस्ता पुस्तक पढ्ने बानीले मन र दिमागलाई भ्रष्ट तुल्याउ“छ ।

पठन संस्कृतिको बिकासका लागि निम्न उपायहरु अबलम्बन गर्न

सकिन्छ ।

१. पुस्तक जहिले पनि आफ्नो साथमा राख्ने बानी बसाल्नु पर्छ ।

२. बिभिन्न शुभकार्यहरुमा पुस्तक उपहार दिने चलन चलाउनु पर्छ ।

३. प्रत्येक घरमा आफ्नो आर्थिक हैसियत र अन्य सामथ्र्यका आधारमा आ– आफ्नो निजी पुस्तकालय हुनुपर्छ ।

४. बिभिन्न पेशामा आबद्ध व्यक्तिहरु संग यति बेला तपार्इं कुन पुस्तक पढिरहनु भएको छ भनेर प्रश्न सोध्ने गरौं । यसो गर्दा हामीलाई उनीहरुले पढिराखेको पुस्तकका बारेमा थाहा हुन्छ ।

५. समय समयमा पुस्तक मेला वा पुस्तक पर्दशनी आयोजना गरिनु पर्छ ।

६. हरेक शैक्षिक संस्था, गाउ“ र टोलमा एउटा पुस्तकालय एबम् वाचनालय स्थापना गरिनु पर्छ ।

७. प्रत्येक शिक्षण संस्थामा रिर्डस क्लब गठन गरी पुस्तक पढ्न अभिप्रेरित गर्ने कार्यक्रमहरु सन्चालन गर्नुपर्छ ।

८.विद्यालय र कलेजहरुमा पुस्तक समिक्षा कार्यक्रम बेलाबेलामा आयोजना गरिनु पर्छ ।

९. स्कुल र कलेजमा प्रत्येक वर्ष सर्बोत्कृष्ट पाठक प्रतियोगिता गरी सर्बोत्कृष्ट पाठक घोषणा गर्ने गर्नु पर्छ ।

१०. शिक्षण संस्थाहरुले प्रत्येक बर्ष भदौ १५ गते “ राष्ट्रिय पुस्तकालय दिवस” र अप्रिल २३ तारेखमा “विश्व पुस्तक दिवस” बिभिन्न कार्यक्रमको आयोजना गरी भब्यता पुर्वक मनाउनु पर्छ ।

११. राष्ट्रिय र स्थानीय दैनिक अखबार, पत्रिकामा नियमित रुपमा पुस्तक समिक्षा छाप्नुका साथै बिभिन्न संघ सस्थाका मुखपत्रमा समेत सम्बन्धित ब्यक्तिहरुको पेशागत उन्नतीका लागि उपयोगी हुने पुस्तकको समिक्षा छापिनु पर्छ ।

१२. सानै उमेरमा बालबालिकामा पुस्तक पढ्ने बानी बसाल्न अभिभावक र शिक्षकले उनीहरुलाई रुची अनुसारका पुस्तकहरु पढेर सुनाउनु पर्छ । यसो गर्नाले उनीहरुमा पढ्ने प्रेरणा जाग्नुका साथै पुस्तक प्रतिको रुझान बढेर जान्छ ।

१३. स्कुलमा हरेक कक्षाका लागि सातामा एउटा पुस्तकालय पिरियड छुट्याउनु पर्छ । साथै कक्षाकार्य छिटो सिद्धिएको र शिक्षक अनुपस्थित भएको अबस्थामा पुस्तकहरु पढ्न प्रेरित गर्नु पर्छ ।

संसारका बिकसित देशका मानिसहरु पुस्तकलाई आफ्नो जीवन ठान्छन् , पुुस्तकलाई नै सर्वस्व हो भन्छन् । उनीहरु बस स्टपमा, बस भित्र, रेलवे स्टेसनमा, टे«नभित्र, पार्कमा, कहिलेकाही त हिड्दाहिड्दै पनि पुस्तक पढिरहेका भेट्टिन्छन् । एउटा पुस्तक सिध्याए पछि अर्को पढ्न शुरु गरिहाल्छन् । आउनहोस् ,हामी पनि पुस्तकलाई माया गरौं र आजैका मितिबाट पढ्ने आदतको निर्माण गरौं ।

  २०७० माघ २ गते 

राष्ट्रिय नागरिक दैनिकमा प्रकाशित 

Leave a Reply

Your email address will not be published. Required fields are marked *