Login
Dashboard
– सुरज पन्त संसारका अन्य व्यक्तिहरू आफू धनाढ्य, सुखी र खुशी हुँदा मात्र रमाउँछन् । डाक्टर पैसा अङ्गाल्नेहरू आफ्नो क्लिनिक र अस्पतालमा मान्छे बिरामी भएर धेरै आए मात्र रमाउँछन् । इन्जिनियर देशको बाटो, पुल, घरहरू भत्के आनन्द मान्छन् । व्यापारी देशमा महङ्गोले सतायो भने रमाउँछन् तर किसान त्यतिबेला रमाउँछन् जति बेला उसको खेतमा लहलह बाली झुल्न थाल्छ, भकारी अन्नले भरिन्छ, एक गास खान नपाएको व्यक्तिले खाना पाउँछ र आनन्दको सास फेर्छ। सबै मानिस स्वस्थ र निरोगी बन्छन् । सबैको घर घरमा अन्नको भण्डार भरिन्छ । देशमा विकास निर्माणका कामले उचाइ पाउँछ । सबै बेरोजगारले रोजगार पाउँछन् र नियमित वर्षा हुन्छ । त्यतिखेर किसानले संसार जितेको आभास गर्छ । सबै आफूले लिनपाएपछि रमाउँछन् । किसान भोका, नाङ्गा, दुःखी, गरिब, धनो सबैलाई दिएर खान पाए रमाउँछ । किसान अरुलाई खुवाएर आफू खान्छ भने अरु अर्कालाई रुवाएर आफू खान्छन् । त्यसैले हामीमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अर्काको हाँसो र खुशीमा आफ्नो जीवन सार्थक भएको ठान्ने विश्वको वोर धर्तीको सन्तान दीन दु:खीका साहारा किसानको कर्मको महत्त्व बुझ्ने र सम्मान गर्ने भावना हुनुपर्छ।
जसरी एउटा किसानले बडो परिश्रमले बारीमा अन्न उब्जाउँछ त्यसरी नै माया र स्नेहसाथ विद्यार्थीहरुलाई ज्ञानले सिँचेर समाज, देश र समग्र विश्वकै लागि तयार गर्छन्। आफू जस्तोसुकै जीवन बिताइरहँदा पनि आफ्ना विद्यार्थीहरुको उज्ज्वल भविष्यका लगी प्रयत्नशील हुन्छन्। शिष्य जति सफल र सम्पन्न भयो शिक्षक त्यति नै खुसी हुन्छन्।
हाम्रो पेट पाल्ने कृषक र ज्ञानले हामीलाई प्रकाशित पार्ने शिक्षकभन्दा पनि केही हदसम्म बढी सुखी हुने हाम्रा शुभचिन्तक हुन् हाम्रा आमाबुबा। आमाबुबाको महानताबारे दोहोर्याइरहनु पर्दैन होला।
अतः आमाको माया, बुवाको परिश्रम, गुरुको प्रयास र कृषकको पसिनाको सच्चा कदर गर्नु हाम्रो नैतिक दायित्व हो। *** (अध्ययन, अनुभव र बुझाईमा आधारित लेख…)