Login
Dashboard
सुरज कुमार पन्त
ग्लोबल न्युज ब्युरो प्रमुख
२०८०-११-२४, कञ्चनपुर
शिक्षासँगै संस्कार र सिप मात्र नभई समयसापेक्ष हुँदै आइरहेको सामाजिक परिवर्तनलाई स्वीकार्दै कञ्चनपुरको अग्रणी विद्यालय ग्लोबल एकेडेमीले प्रविधिको दुनिँयामा विद्यालयका गतिविधिहरूलाई प्रवेश गराउने प्रयास गरेको छ। आज मिति २०८० फागुन २४ गतेका दिन आउँदो भविष्यमा ग्लोबल एकेडेमीका गतिविधिहरू विद्यालयको आधिकारिक वेबसाइट Global Academy मार्फत सन्चालित तथा प्रकाशित गरिने अभियानबारे विद्यार्थीहरुलाई प्रशिक्षित गर्ने लक्ष्यसाथ विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
आधुनिक प्रविधि र विज्ञानको युग मानिएको यस एक्काइसौँ शताब्दीमा प्रविधिको व्यापक प्रयोगले हरेक क्षेत्रमा सहजीकरण गर्दै आएको र शिक्षा क्षेत्रमा पनि प्रविधिको प्रयोग गर्दै शिक्षण-सिकाइलाई थप गुणस्तरीय, सहज तथा सर्वसुलभ बनाउने उद्देश्यले ग्लोबल एकाडेमीका पूर्व विद्यार्थी तथा विद्यालयको वेबसाइटका व्यवस्थापक एवं निर्माता B.Tech CSE का विद्यार्थी पवन जोशीद्वारा सम्पन्न गरिएको उक्त अभिमुखीकरण कार्यक्रममा विद्यालयका माध्यमिक तहका कम्प्युटर अध्यापक इन्द्र काफ्लेले सहजीकरण गर्नुभएको थियो। ‘Global Tech Team 2080 (Announcements) नामले आयोजित अभिमुखीकरण कार्यक्रममा करिब ५०० विद्यार्थीहरू र ३० जना शिक्षक शिक्षिका तथा विद्यालय कर्मचारीहरूको उपस्थिति रहेको र कार्यक्रम चार सिफ्टमा सम्पन्न भएको थियो। यस प्रशिक्षण कार्यक्रम पश्चात् सहजै ग्लोबल एकाडेमीको वेबसाइटमार्फत् नयाँ भर्ना गराउनुदेखि लिएर पढाइका विविध सामग्रीहरू किन्न आफू सक्षम भएको र आफ्ना लेख रचनाहरू प्रकाशित गराउन तथा अरुका रचनाहरु पढ्नसम्म आफू सक्षम भएको कुरा यस प्रशिक्षणमा सहभागी School Vice Captain पियुष पन्तको भनाइ छ। विद्यार्थी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा वेबसाइटमा भएका अनलाइन भर्ना, विद्यालयको विवरण तथा गतिविधिहरुको जानकारी, शिक्षकशिक्षिकाहरुको विवरण,शिक्षक र विद्यार्थीहरुका रचना हेर्न Global Magazine र अनलाइन खरिदजस्ता सुविधाहरु यथाशीघ्र उपभोग गर्न मिल्ने कुरा वेबसाइटका व्यवस्थापक पवन जोशीले प्रस्तुत गर्नुभयो। प्रविधिमय विश्वमा प्रवेश गरिरहेको ग्लोबल एकाडेमीका विद्यार्थीहरूलाई पनि यो अभियानमा सहभागी गराउन लिखित र प्रयोगात्मक परीक्षाको प्रक्रियाले ‘Global Tech Team को चयन गरिएको छ। माध्यमिक तहका कम्प्युटर शिक्षक इन्द्र काफ्लेको संरक्षकत्वमा गठन गरिने उक्त टोलीलाई वेबसाइट तथा ग्लोबल म्यागजिन व्यवस्थापनको जिम्मेवारी सुम्पिइनेछ। यस अभियानप्रति विद्यार्थीहरूझैँ अभिभावकबाट पनि राम्रो प्रतिक्रियाको अपेक्षा गरिएको छ। डिजिटल हुँदै गइरहेको ग्लोबल एकेडेमीका प्रिन्सिपल सुरेन्द्रराज ओझाले पूर्व विद्यार्थी पवन जोशीलाई ग्लोबल एकाडेमीमा सहर्ष स्वागत गर्नुका साथै ग्लोबल एकाडेमीमा युगान्तकारी डिजिटल परिवर्तनका लागि जोशीप्रति विद्यालाय परिवारका तर्फबाट आभार तथा स्नेह प्रकट गर्नुभयो। विद्यालयको वार्षिक परीक्षापछि ‘Global Tech Team’का सम्पूर्ण सदस्यहरूलाई १० दिने तालिम दिइने र तालिमको समापन पश्चात् दोस्रो शैक्षिक वर्षदेखि आधुनिक विकासको अभिनवताको नयाँ फिलिङ्गो सल्काउने प्रयत्न व्यावहारिक गरिने व्यहोरा पवन जोशीले जानकारी गराएका छन्।
Great work!!..keep it up